काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई समर्थन गर्ने निर्णय गरेको छ ।
आज बसेको संसदीय दलको बैठकले कांग्रेसले चाहेका कुराहरु पनि समेटिएर आएकाले नीति तथा कार्यक्रमको समर्थन गर्ने निर्णय भएको प्रमुख सचेतक श्याम घिमिरेले बताए ।
बैठकले पार्टीका सांसदहरुलाई नीति तथा कार्यक्रममा सकारात्मक र रचनात्मक सुझाव दिँदै पक्षमा बोल्न पनि निर्देशन दिएको उनले बताए ।
विधेयक पारित गर्न ढिला भएको कुरालाई आत्मसात गर्दै समिति र संसदमा पार्टीले प्रभावकारी भूमिका खेल्नुपर्ने निष्कर्ष बैठकले निकालेको उनले सुनाए ।
यस्तै बैठकले शिक्षकहरुसँग भएको सहमतिअनुसार असार १५ भित्र शिक्षा विधेयक ल्याउने गरी काम गर्ने प्रतिबद्धता जनाएको उनले बताए ।
सांसदहरुले नीति तथा कार्यक्रम र बजेटको विषयमा केही आशंका गरेर कुरा उठाएको भए पनि मन्त्रीहरुले विभेद नगर्ने प्रतिबद्धता बैठकमा गरेको प्रमुख सचेतक घिमिरेले सुनाए ।
बैठकका निर्णयहरु


Leave a Reply