रवीन्द्र मिश्रलगायतको रिहाइ मागसहितको अनसनमा संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदीले जनाए ऐक्यबद्धता

ललितपुर । रवीन्द्र मिश्रलगायत आस्थाका बन्दीहरुको विनासर्त रिहाइ माग गर्दै जारी रिले अनसनमा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले ऐक्यबद्धता जनाएका छन् ।

रिले अनसनप्रति समर्थन जनाउन संयोजक सुवेदी शनिबार जावलाखेल पुगेका हुन् । ललितपुरवासीले आयोजना गरेको रिले अनसनका सहभागीलाई सुवेदीले भेटेर आस्थाका बन्दीहरुको रिहाइ हुनुपर्ने र मानव अधिकारको सम्मान र प्रत्याभूति हुनुपर्नेमा ऐक्यबद्धता जनाए ।

अनसनकारीहरुले आस्थाका बन्दी रिहाइ गर्नुपर्ने, मानव अधिकारको सम्मान गर्नुपर्ने, हिन्दू अधिराज्य कायम गर्नुपर्ने र राजसंस्था पुनःस्थापना गर्नुपर्ने माग गरेका छन् ।

यसैगरी अनसनमा तीनकुने घटनामा मारिएका सुरेश रजक र सविन महर्जनप्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारमा समवेदना प्रकट गरिएको छ ।

रिले अनसन दोस्रो दिनमा प्रवेश गरेको छ । आयोजकले जनाएअनुसार सरकारले झूटा मुद्दामा थुनामा राखेको आस्थाका बन्दी नछुटेसम्म अनसन जारी रहनेछ ।

झूटा मुद्दामा सरकारले राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रलगायतलाई फसाउन खोजेको अनसनकारीको भनाइ छ ।

Comments

One response to “रवीन्द्र मिश्रलगायतको रिहाइ मागसहितको अनसनमा संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदीले जनाए ऐक्यबद्धता”

  1. bipin Avatar
    bipin

    good job

Leave a Reply

Your email address will not be published. Required fields are marked *