सुदूरपश्चिमका मुख्यमन्त्री शाह र उत्तराखण्डका मुख्यमन्त्री धामीबिच भेटवार्ता

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीबिच आज भेटवार्ता भएको छ ।

एक साताको भारत भ्रमणमा रहेका मुख्यमन्त्री शाह र उनका समकक्षी धामीबिच देहरादुनमा दुबैबिच भेटवार्ता भएको हो । भेटमा नेपाल र भारतका नागरिकबिच रहेको सांस्कृतिक, धार्मिक तथा सामाजिक समानताको विषयमा छलफल गरिएको थियो ।

नेपाल–भारत सम्बन्ध केवल राजनीतिक वा भौगोलिक मात्रै नभई भावनात्मक र सांस्कृतिक गहिराइबाट पनि जोडिएको छ । दुवै देशको परम्परा, रीतिरिवाज, भाषा, खानपान र जीवनशैलीमा धेरै समानता रहेको भन्दै त्यसको संरक्षण र प्रवर्द्धनका विषयमा कुराकानी भयो।

वर्षौदेखि आपसी एकता र विश्वासलाई अझ बलियो गर्दै बनाउने विषयमा दुवै मुख्यमन्त्रीले एकमत जाहेर गरेका थिए।

शनिबार नै मुख्यमन्त्री शाहले उत्तराखण्डका पर्यटनमन्त्री सतपाल महराज, वनमन्त्री सुवोध उनियाल र कृषिमन्त्री गणेश जोशीसँग पनि छुट्टा छुट्टै भेट गरेर छलफल गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *