गुड्दै गरेको बोलेरो जमिन भासिएर अचानक बेपत्ता (भिडिओ)

काठमाडौं । हेटौंडाको चुच्चे खोलानजिकको सडकमा गुड्दै गरेका एक बाेलेरो गाडी जमिन भासिएर अचानक बेपत्ता भएको छ।

शुक्रबार दिउँसो हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ सिमाना नजिकै गैरी गाउँमा सडक भासिएर ना ४ च ४८३३ नम्बरको बाेलेरो बेपत्ता भएको हो ।

गाडीको चालक र सहचालक भने गाडी भाँसिनुअघि नै निस्किएका थिए । अहिले गाडी फसेको ठाउँमा जेसिबी लगाएर खोज्दा समेत फेला नपरेको मकवानपुर प्रहरी बताएको छ ।

सडकको दायाँबायाँ माछा पोखरी रहेको छ । दुबै पोखरीसमेत जोखिममा परेको छ  भने गाडी बेपत्ता भएकाे  ठाउँमा जमेकाे दह कटाएर खाेजी गरिरहेकाे प्रहरीले जनाएकाे  छ ।

Comments

One response to “गुड्दै गरेको बोलेरो जमिन भासिएर अचानक बेपत्ता (भिडिओ)”

  1. गोपाल प्रसाद दाहाल Avatar

    मानिस बचेछन खुसि लागो

Leave a Reply

Your email address will not be published. Required fields are marked *