डा. राजेश अहिराजलाई मुद्दा हाल्ने किशोरीको गुनासो- राजासँग खिचेको फोटो देखाएर धम्क्याए

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराजविरुद्ध जबर्जस्ती करणी मुद्दा हालेकी किशोरीले आफूलाई मानसिक यातना दिइएको गुनासो गरेकी छन् । पीडकलाई पक्राउ गर्न प्रहरीले कुनै तदारुकता नदेखाएको आरोप पनि उनको छ ।

मधेशमूलकी एक किशोरीले नाबालिक अवस्थामै अहिराजले आफूलाई शारीरिक र मानसिक यातना दिएको भन्दै जिल्ला प्रहरी परिसर भद्रकालीमा जाहेरी दिएकी थिइन् । काठमाडौं जिल्ला अदालतले चैत २५ मा डा. अहिराजलाई पक्राउ अनुमति (पुर्जी) दियो । तर, अहिलेसम्म उनी पक्राउ परेका छैनन् ।

जाहेरवाली, परिवर्तित नाम २६ परिसर ३२ (०८१-०८२), ले पीडक पक्राउमा प्रहरी उदासीन भएको भन्दै अनुसन्धानकर्मीसँग गुनासो गरिरहेको स्रोतले बतायो । जाहेरी दर्ता भएको समाचार विभित्र सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि आफूले विभिन्न माध्यमबाट धाक धम्की खेप्नु परिरहेको उनकले प्रहरीलाई बताएकी छन् ।

पीडकले सामाजिक सन्जालमार्फत आफूलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग खिचेको फोटो देखाउँदै धम्कीयुक्त म्यासेज पठाएको समेत किशोरीको भनाइ छ । आफ्नो उच्च पहुँचबाट सतर्क रहन डा. अहिराजले धम्की दिएको उनले प्रहरीलाई बताएकी छन् ।

प्रहरीले धम्कीसम्बन्धी पुरक जाहेरी दिएमा पक्राउ परेपछि यो विषयमा पनि अनुसन्धान र सजाय हुने सुझाव दिएको छ । तर, किशोरीले पुरक जाहेरी दिएकी छैनन् ।

जिल्ला प्रहरी परिसर, भद्रकालीका प्रवक्ता एसपी अपीलराज बोहराले गम्भीर कसुरमा पक्राउ पुर्जी जारी भएको अवस्थामा परिसरसहित प्रहरीका अन्य युनिट पनि त्यस्ता व्यक्तिको खोजीमा लाग्ने गरेको बताए ।

‘आरोपीको खोजी भइरहेको छ, अन्य विषयमा कुनै उजुरी वा जाहेरी नपरेका कारण केही भन्न सकिदैन,’ उनले भने ।

Comments

3 responses to “डा. राजेश अहिराजलाई मुद्दा हाल्ने किशोरीको गुनासो- राजासँग खिचेको फोटो देखाएर धम्क्याए”

  1. ksp pyl Avatar
    ksp pyl

    अहिराज राष्ट्रवादी र एक प्रकारले चीन समर्थकजस्तो देखिन्थे । कतै भारतको साजिशमा उनलाई फसाउने प्रपञ्च त गरिएको होईन । दोषी हुन् भने त निसन्देह कारवाही हुनैपर्छ । तैपनि षडयन्त्र हो कि भनेर पनि प्रहरीले अनुसन्धान गरोस् ।

    1. मधेसी Avatar
      मधेसी

      १००% Ho

  2. Nick Kashyap Avatar
    Nick Kashyap

    यो झेमाले पार्टीको झोले हो, राजेश अहिराज। अहीले राजालाइ बदनाम गर्न राजासंगको फोटो दुरूपयोग गर्दै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *