नीति तथा कार्यक्रममा माओवादीको प्रतिक्रिया- सरकार गन्तव्यहीन देखियो (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नीति तथा कार्यक्रम हेर्दा सरकार गन्तव्यविहीन जस्तो लागेको बताएका छन् ।

पूर्वअर्थमन्त्री समेत रहेका पुनले संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै परम्परागतबाट माथि उठ्न नसकेको बताए ।

उनले भने, ‘विगतमा नीति स्पष्ट गरिन्थ्यो । मूल कार्यक्रमहरू सरकारले संसदमा नै प्रस्तुत गर्ने र त्यो कार्यक्रममा बजेट राख्ने र त्यसमा स्रोत जुटाउने काम हुन्थ्यो । यसपटक त्यस्तो छैन । त्यसैले सरकार गन्तव्यहीन चलिरहेको छ । त्यस्तो ल्याएको देखिन्छ ।’

उनले सरकारले अहिले कार्यक्रम नराखेर संसदलाई छेलेर आफू अनूकुलको योजना राख्न खोजेको आशंका गरे ।

Comments

2 responses to “नीति तथा कार्यक्रममा माओवादीको प्रतिक्रिया- सरकार गन्तव्यहीन देखियो (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    नीति कार्यक्रम आएपछि माओवादीले के भन्छ भन्ने कुरा मलाई आउनुपूर्व नै थाहा थियो । त्यसैले संसदमा सुनाउनु, त्यसमा छलफल हुनु, पारित हुन केवल नाटक हो । बन्द गर यो नाटक ।

  2. ksp pyl Avatar
    ksp pyl

    नीति कार्यक्रम माथिको छलफल बढीमा ३ दिन मात्र राख । यी दलालहरूले के भन्छन सबै अहिले नै थाहा छ । किन फिंज निकाल्न दिने ? छिटो पास गरेर कार्यान्वयनमा लैजाउ बजेट मार्फत । संसदको छलफल अनावश्यक देखियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *