काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्न बोलाइएको संघीय संसदको संयुक्त सदनको बैठक सुरू भएको छ ।
सरकारले प्रस्ताव गरेको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा पेश गर्दै छन् ।
सरकारले आफ्नो नीति तथा कार्यक्रममा आर्थिक एवं पूर्वाधार विकास, कृषि, रोजगारी, स्वास्थ्य, उद्योग विस्तार एवं आर्थिक-सामाजिक उन्नयनका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमकै आधारमा बजेट प्रस्तुत हुनेछ ।
संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको जेठ १५ गते संघीय सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुपर्छ ।

Leave a Reply