काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज श्वेत पत्र सार्वजनिक गर्ने भएको छ । कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दिउँसो २ बजे श्वेतपत्र सार्वजनिक गर्दै छ्न् । यसअघि १६ गते श्वेतपत्र जारी गर्ने भनिएकोमा स्थगित गरिएको थियो ।
श्वेतपत्रमा प्राधिकरण सञ्चित नोक्सानीमा रहेको तथा ठूलो रकम बक्यौता तिर्न बाँकी देखिएको बताइएको छ । यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङले भने प्राधिकरणलाई नाफामा देखाउँदै मजबुत रहेको बताउँदै आएका थिए ।
आलोचकहरूले घिसिङको कार्यकाललाई असफल देखाउन जबरजस्ती घाटाको हिसाब निकालिएको आरोप लगाइरहेका छन् ।

Leave a Reply