कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक डाकेको छ ।

शनिबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा संसदीय दलको बैठक बोलाइएको हो । आज संयुक्त सदनको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।

बैठकमा नीति तथा कार्यक्रम, आगामी बजेट तथा विचाराधिन विधेयक, सरकारको कामकारवाहीलगायतको विषयमा संसदमा गर्नुपर्ने कामको योजना बनाइने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *