मन्त्रिपरिषद बैठक र ऊर्जा राज्यमन्त्रीको शपथ कार्यक्रम स्थगित

काठमाडौं । अहिले हुने भनिएको नवनियुक्त ऊर्जा राज्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम स्थगित भएको छ । साथै, मन्त्रिपरिषद बैठक पनि रोकिएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए ।

सरकारले हिजो नेपाली कांग्रेसका खमबहादुर गर्बुजालाई ऊर्जा राज्यमन्त्री नियुक्त गरेको थियो । आज १० बजे शपथग्रहण भनिएकोमा स्थगनको सूचना आएको हो ।

सोही समयमा बस्ने भनिएको मन्त्रिपरिषद वैठक पनि अर्को सूचना नआउञ्जेलका लागि स्थगित भएको सिलवालले बताए । स्थगनको कारण खुलाइएको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *