भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत वीरगन्जकी नेपाली विद्यार्थी प्रिसा शाह मृत फेला परेकी छिन् ।
बीरगन्जकी प्रिसा शाह झुण्डिएर मृत अवस्थामा फेला परेको उनीसँगै अध्ययन गर्ने विद्यार्थी सुयोग लम्सालले नेपाल प्रेसलाई बताए । उनीहरु दोस्रो वर्षका विद्यार्थी हुन् । ‘मेरो क्लासमेट नै हो, दुई जना होस्टेलमा बस्ने साथीहरु थिए महिला नै तर आज एक्कासी यस्तो घटना देख्नुपर्यो’ उनले भने, ‘क्लासमा निकै मेहनति र शालिन थिइन्।’
उनका अनुसार साँझ ७ बजेपछिको घटना भएपनि कलेजले आधिकारिक सूचना गरेको छैन ।
गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् । रुपन्देहीको भैरहवा निवासी लम्सालले आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी दिएपनि त्यसको कुनै सुनुवाई नभएको गुनासो आएको थियो ।
कलेजले गम्भीरतापूर्वक नलिँदा उनले मृत्युको बाटो रोजेकी थिइन् । परिवार र आफन्तले कलेज प्रशासनसँग छानविनको माग राखेर मात्रै शव नेपाल ल्याएका थिए ।

Leave a Reply