सिंहदरबारमा ओली-देउवाबीच भेटघाट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेट भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि माओवादी अध्यक्ष प्रचण्ड पनि बैठकमा सहभागी रहेको सूचना सचिवालयले दिएको थियो । तर, प्रचण्डलाई निम्ता गरिएको भए पनि उनी नआएको बुझिएको छ ।

भेटमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, वार्षिक नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल भएको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *