पूर्वराष्ट्रपति भण्डारी भन्छिन्- मेराे बाँकी जीवन राष्ट्रका लागि

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले गृहस्थ जीवन पार गरिसकेकाले बाँकी जीवन राष्ट्रका लागि योगदान गर्ने इच्छा रहेको बताएकी छन् ।

राष्ट्रिय समाचार समितिद्वारा प्रकाशित ‘रासस फोटो किताबः गणतन्त्रको १६ वर्ष’ ग्रहण गर्दै प्रथम उनले भनिन्, ‘मेरो अबको बाँकी जीवन राष्ट्रका निम्ति रहन्छ ।’

दलीय व्यवस्थामा राजनीतिक दल धेरै हुनु स्वाभाविक भएको तर कुनै पनि दलको स्पष्ट बहुमत नआउने/नहुने, सरकार छिटो परिवर्तन भइरहने तथा सत्ता र शक्तिका लागि साना दलले ‘बार्गेनिङ’ गर्ने अवस्थामा सुधार गर्न राष्ट्रिय सहमतिसहितको दिगो कार्यक्रम ल्याउनुपर्नेमा उनको जोड छ ।

सरकारले जिम्मेवारी बोधका साथ दीर्घकालीन, अल्पकालीन र तत्कालीन कार्यक्रम ल्याउने प्रक्रिया सुरु गरेको प्रसङ्ग उल्लेख गर्दै भण्डारीले जनताका बढ्दो माग र सुविधालाई सम्बोधन गर्ने क्रममा पछिल्ला दिनमा भइरहेको तीव्र बसाइँसराइलगायत कारण आउनसक्ने चुनौतीकाबारे अब सोच्नुपर्ने बेला आएको बताइन् ।

उनले भनिन्, ‘राज्यको महत्वपूर्ण क्षेत्रको नेतृत्व गरिरहँदा राजनीतिक दललाई पनि त्यही नै सुझाव दिने हो । विकासको परिभाषामा पनि हामीले समय अनुकूल सोच्नु पर्नेछ । अहिलेको नयाँ पुस्ता अलि तीव्रगतिमा विकास चाहन्छ । पहिलाको जस्तो अवस्था छैन, त्यसतर्फ पनि जिम्मेवार पक्षको ध्यान जान आवश्यक छ ।’

मुलुकमा राजनीतिक स्थिरता नहुनमा निर्वाचन प्रणालीको दोष नरहेको बताउँदै उनले भनिन्, ‘यो व्यक्ति विशेषका मनको कुरामात्रै हो । धेरै पार्टीले जिते, त्यसमा के बिग्रियो त ? जसले जिते पनि नेपाली नै जित्ने हो । पाँच वर्षसम्म दलले मिलेर गएपनि हुन्छ नि !’

देशको विद्यमान विकासको ढाँचासहित शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने खाँचोसमेत उनले औंल्याएकी छन् ।

Comments

3 responses to “पूर्वराष्ट्रपति भण्डारी भन्छिन्- मेराे बाँकी जीवन राष्ट्रका लागि”

  1. ksp pyl Avatar
    ksp pyl

    स्वतन्त्ररूपमा देशको लागि ज्यानै दिए पनि फरक पर्दैन ।तर अब पार्टीमा छिरेर लाजमर्दो काम नगर ।

  2. laleek Avatar
    laleek

    वाईयात ! जहाँ पनि जसलाई जे पनि चाहिने ? जननेता जवजका प्रणेता कमरेड मदन भण्डारीको हत्या, दुर्घटना आदि हालसम्म के हो पत्ता लाग्न सकेको छैन्, सवैले भन्दैछन् कि किन हत्यारा खोज्न सकेन, ठाउँमा पुग्दा पनि, त्यसतर्फ लाग्नु अरू केहि तिर नलाग्दा हुन्छ !

  3. Nick Kashyap Avatar
    Nick Kashyap

    आफू राष्ट्रप्मुख भएर बस्यौ , श्रीमानका नाममा बाटाघाटा युनिभर्सिटी जनताको पैसाबाट बनायौ, परिवारलाइ महान् देखाएपछी अब के चाहियो, सबैके जयजकार पााएकै छौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *