हाम्रै आन्दोलनभित्रै फुटाउन खोज्नेहरू छन्, हामीले आफ्नो रंग कायम राख्नुपर्छ : ओली (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका जन वर्गीय संगठनलाई अनुशासित भएर अघि बढ्न निर्देशन दिएका छन्। एमालेका अध्यक्ष समेत रहेको ओलीले पार्टीनिकट जिफन्टको सभालाई सम्बोधन गर्दै महान् उद्देश्यले बनेको सङ्गठनहरू अरूको गोलमालमा फस्नसक्ने भएकाले सचेत हुनुपर्ने बताए।

उनले भने, तथाकथित सहकार्यका नाममा दिसाहीन गन्तव्यहीन ढंगले चल्नु हुँदैन, हामीले बाटो बिराउन हुँदैन। हाम्रो रंग के हो के हो जस्तो बनाउन हुँदैन। आफ्नो रंग कायम राख्नुपर्छ। फुटाउन र भ्रम फिँजाउने तत्त्वहरू छन्, हाम्रै आन्दोलनभित्रै फाटोका खेलामेला गर्ने तत्त्वहरू छन्, तिनीहरूलाई हामीले अस्वीकार गरेर हाम्रो आन्दोलनलाई उद्देश्यमा केन्द्रित र गतिशील बनाउनुपर्छ।

उनले पार्टीभित्रको एकता र सङ्कल्पलाई केन्द्रमा राखेर अघि बढ्न आग्रह गरे। उनले भने, कहिले कहिले वर्गको नाममा फरक विचारले, फरक विचारको झन्डा उठाउनको लागि उस्तै उस्तै खालको सङ्गठन मान्छेहरूले बनाएको हुन्छन्। हामीले विचार गर्नुपर्छ। कसैले हामीले दुरुपयोग गर्न नसकोस्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *