विराटनगर । उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले परम्परागत ढंगका कानून परिवर्तन गरेर सरकारले लगानीको वातावरण बनाएको बताएका छन् ।
कोशी प्रदेशमा आजदेखि सुरू लगानी सम्मेलनमा उनले लगानीको वातावरणलाई अवरोध गर्ने कानूनहरू परिमार्जन भएको बताए । नेपालमा लगानी गर्ने माहोल नै नभएको भनेर भाष्य सृजना भइरहेको भन्दै ढकालले प्रदेश सरकारले राखेको सोकेशका आयोजनामा लगानी गर्न प्रेरित गरे ।
‘यहाँका सम्भावित परियोजनाहरूमा नीजि क्षेत्रले लगानी गर्छ । सरकारले पनि प्रतिवद्धता कार्यान्वयनमा लैजानु पर्छ । वातावरण बन्दै गए अझ धेरै लगानी बढ्छ’, ढकालले थपे ।

Leave a Reply