कांग्रेस-एमाले संविधान संशाेधन गर्छु भनेर मिले, अहिले पन्छाउन खाेज्दैछन्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशमा संविधान लागू भइसकेपछि १० वर्षको अभ्यासलाई मूल्याङ्कन र समीक्षा गर्नुपर्ने भएपनि नभएको बताएका छन् ।

एकीकृत ट्रेड युनियन महासंघ नेपालले १३६औँ मे दिवसका अवसरमा अनामनगर गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस एमालेले संविधान संशोधन गर्ने भनेर मिलेको भएपनि अहिले २०८७ मा गर्ने भनेर पन्छउन थालेको उनले बताए ।

नेपालले भने, ‘हामीले २०७२ सालमा संविधान बनायौँ । त्यो संविधानमा जनताका मौलिक हक र अधिकारलाई सुनिश्चित गर्नुपर्ने काम पनि गरिएको छ । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीका अधिकारलाई सुनिश्चित गर्ने गरी संविधानमा व्यवस्था गरिएको छ ।’

जनताका छोराछोरी राष्ट्रपति बन्ने चलनलाई अगाडि बढाउने र भएका कमजोरीहरूलाई सुधार गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जानुपर्ने उनको धारणा छ ।

नेपालले भने, ‘इतिहासमा हराइसकेको राजसंस्थालाई फर्काउन मान्छेहरूले कोसिस गरेका थिए । उनीको आमसभा अत्यन्तै हिंसात्मक रह्यो त्यही दिन समाजवादी मोर्चाले गरेको कार्यक्रम शालीन, प्रभावशाली र संस्कारी रहेको थियो । हाम्रो कार्यक्रमले जनतामा उत्साह बढायो, राम्रो सन्देश दियो । प्रतिगामीहरूले गरेको कार्यक्रमले जनतामा वितृष्णा बढायो । त्यसैले राजसंस्था फर्कने सम्भावना छैन । कसैले कल्पना गरेको छ भने त्यो सपना नदेखे हुन्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *