माओवादी प्रचार विभाग सचिवमा थापा, एकताबाट आएका ५ जना प्रेस सेन्टरकाे केन्द्रीय सदस्य मनोनीत

काठमाडौं । प्रेस सेन्टर नेपालका पूर्वउपाध्यक्ष बलराम थापालाई माओवादी केन्द्रको प्रचार विभाग सचिवको जिम्मेवारी दिइएको छ । केही दिनअघि प्रचार विभागका प्रमुख एवं पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले उनलाई प्रचार विभागको सचिवको जिम्मेवारी दिएको हो ।

वैशाख १३ मा काठमाडौंमा सम्पन्न सेन्टरको पहिलो केन्द्रीय समिति बैठकले संगठनको विधान बमोजिम केन्द्रीय समितिमा मनोनित गर्नुपर्ने बाँकी सदस्य आगामी केन्द्रीय समितिको बैठकबाट मनोनीत गर्नेगरी एकता प्रक्रियाबाट आएका ५ जनालाई केन्द्रीय सदस्य मनोनीत समेत गरेको छ । जसमा उज्ज्वल पौडेल, रमेश पोखरेल, विक्रम श्रेष्ठ, अच्युत पौडेल र मनराज कठायत छन् ।

संस्थापक अध्यक्ष महेश्वर दाहाल, पूर्वसंयोजक गोविन्द आचार्य, निवर्तमान अध्यक्ष विष्णु सापकोटा ‘जुगल’, अध्यक्षका प्रत्यासी दीपेन्द्र रावललाई सल्लाहकार मनोनीत गरिएको छ ।

केन्द्रीय पदाधिकारी तथा सदस्यको कार्यविभाजन आउँदो बैठकबाट गर्ने तयारी छ ।

विधानको प्रावधानअनुसार पदाधिकारी, प्रदेश अध्यक्ष रहेको सचिवालय गठन गर्ने, सचिवालयमा बाह्य मोर्चाका केन्द्रीय समितिका पदाधिकारी पदेन सदस्य रहने, अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष तथा बाह्य मोर्चाका प्रमुख पदमा रहेका पदाधिकारी पदेन सदस्य रहनेगरी कार्यालय पनि गठन गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *