राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा शर्मा नियुक्त 

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा केदारनाथ शर्मा नियुक्त भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शर्मालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो ।

यसअघि प्राधिकरणको अध्यक्षमा तत्कालीन सचिव अर्जुनप्रसाद पोखरेल रहेका थिए । उनको अवकाश भएपछि प्राधिकरणमा अध्यक्ष रिक्त रहेको थियो । उक्त पदमा सहकारी मन्त्रालयले सचिव शर्मालाई नियुक्त गरेको हो ।

प्राधिकरणका प्रवक्ता रबिन ढकालका अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले शर्मालाई अध्यक्षको पद तथा गोपनीयताको शपथ ग्रहण गराइसकेका छन् । शर्माले बुधवारबाटै प्राधिकरणको जिम्मेवारी सम्हालेका छन्  ।

शर्माले बुधवार नै आफ्नो अध्यक्षतामा बैठक समेत राखिसकेका छन् । उक्त बैठकले प्राधिकरणको काम, कर्तव्य सक्रिय रूपमा कार्यान्वयन गर्ने र सहकारी दर्ता, नियमन र अनुगमनका मापदण्डहरू यथाशीघ्र स्वीकृत गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

प्राधिकरणले अझै दुई सदस्य पाउन सकेको छैन । एक जना सहकारी विज्ञ र एक जना चार्टर्ड एकाउन्टेन्टलाई नियुक्त गर्न बाँकी रहेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *