विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनकारीहरू पुन: फर्कने प्रयासको कुनै सम्भावना नभएको दोहोर्याएका छन् ।
विराटनगरमा कोशी लगानी सम्मेलन उद्घाटन गर्दै उनले विस्थापित तत्वहरू फेरि फर्कन सकिन्छ कि भनेर जमर्को गरिरहेको बताए ।
ओलीले भने, ‘नेपालमा संघीयता र गणतन्त्र आएको धेरै नभएकाले प्रतिगमनको प्रयास हुनु नयाँ कुरा होइन । प्रयास संसारभर हुन्छ । तर, नेपालमा ती प्रयासहरूको कुनै सम्भावना छैन ।’
प्रधानमन्त्रीले भने,‘उनीहरूले चैत १५ गते त्यो क्यारेक्टर देखाए अब सकिएर गएको छ ।’
प्रतिगमनकारीले अधिनायकवादी चरित्र देखाएको भन्दै ओलीले प्रकाश सपूत र सुरक्षा पन्तको उदाहरण पुन: दोहोर्याए ।
‘प्रतिगमनकारीले देखाएको क्यारेक्टर प्रस्ट भएको छ । कोही कालाकारलाई कोही मान्छे मन पर्यो । कोही राजनीतिक दल मन पर्यो त्यो कलाकारलाई असहिष्णु व्यवहार देखाएका छन् । एकजना कालकारले एक जनालाई राम्रो हुनुहुन्छ फिल्म खेल्दा राम्रो हुन्छ भनेको उहाँको फिल्म नहेर भनेर हल्ला पिटाए ।’
अहिले सबै हिसाबले ल एन्ड अर्डर ठिक भएको भन्दै ढुक्क भएर लगानी गर्न उनले आव्हान गरे ।
ओलीले भने, ‘सडक र हवाई पूर्वाधारको अवस्था पनि ठिक छ । चाँडै कोशीबाट गंगासम्म जलमार्ग पनि सञ्चालन हुन्छ ।’

Leave a Reply