काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन आज नेकपा एमालेनिकट ट्रेड युनियन महासंघ (जीफन्ट) ले काठमाडौंमा र्याली निकालेको छ ।
उपत्यकाका नगरपालिकाका कमिटीहरूको अगुवाइमा जीफन्टले मजदुरको हक-अधिकारका नारा लगाउँदै मे-१ मनाएको हो ।
‘महिलाको श्रमको सम्मान गर’, ‘संरचनात्मक विभेदविरुद्ध प्रतिकार’, श्रमिक महिलाहरूको पहिचान’ लगायत नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।


Leave a Reply