काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरुसँग ९ बुँदे सहमतिमा पुगेको जानकारी दिएका छन् ।
वार्तापछि पत्रकार सम्मेलनमा शिक्षकहरुको माग पूरा गर्दा सरकारलाई ८ अर्ब रुपैयाँ थप दायित्व पर्ने उनले जानकारी दिए ।
त्यस्तै, मन्त्री पन्तले मन्त्रिपरिषदको आजैको बैठक शिक्षकसँग भएको सहमित कार्यान्वयन गर्ने निर्णय गरेको बताए । उनका अनुसार आजैबाट सहमति कार्यान्वयनको बाटामा अघि बढेको छ ।
सहमतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार जानकारी लिने गरेको, निर्देशन दिने गरेको भन्दै शिक्षामन्त्री पन्तले धन्यवाद दिए ।
त्यस्तै, शिक्षकका माग पूरा गर्नलाई सरकारलाई थप हुन आउने आर्थिक दायित्व व्यवस्था गर्न प्रतिवद्धता जनाएको र वार्तामा प्रत्यक्ष सहभागी भएर सहयोग गरेको भन्दै उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई पनि शिक्षामन्त्री पन्तले धन्यवाद दिए ।


Leave a Reply