काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वनवयुवराज हृदयन्द्रवीर विक्रम शाहलाई राजा बन्ने सपना नदेख्न सुझाव दिएका छन् । अभिनेत्री सुरक्षा पन्तलाई समर्थन गर्दै उनले पनि हृदयन्द्रलाई कला क्षेत्रमा आउन सुझाव दिए ।
राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको ९ औं राष्ट्रिय महाधिवेशनमा बोल्दै ओलीले राजावादीहरुलाई रैती भन्दै तीव्र गाली गरे ।
ओलीको अभिव्यक्ति उनकै शब्दमाः
रैतिबाट आफैं उठ्न नचाहने रैतानहरु । यिनलाई हामीले उठाउन खोज्यौं । गणतन्त्र ल्यायौं, रैती हौं भन्छन् । गणतन्त्र आइसक्यो, गणतन्त्र ल्याइसिकयो, मान्छेहरु मुक्त भइसके, तर म रैती हो भन्नेबाट माथि उठेका छैनन् । यस्ता तत्वहरु छन् । कसैले स्वतन्त्र मान्छे हुँ भन्यो भने रिसाउँछन् । रैती नभएर, अह्राएको नमानेर, आफ्नै दिमागले सोच्छु भन्ने, म एउटा स्वतन्त्र मानव हुँ भन्ने उनीहरुसँग छैन । यही विचारको, यही संस्कृतिको त लडाईंछ । आज पनि तपाईंहरु लडिरहनु भएको छ ।
(प्रकाश सपुतबारे) एकजना कलाकारले एउटा मञ्चमा एकजनाको दुई शब्द सकारात्मक बोलिदिएछन् । डेमोक्रेसी भनेको, स्वतन्त्रता भनेको, कसैले विचार प्रकट गरेको सुन्नै नसक्ने… तानाशाहीको प्रेत कस्तरी चम्केको होला ? यो कलाकारलाई बहिष्कार गरौं भन्दै हिँडेका छन्… के हुन्छ र ? तिमी नै त्यो मनोरञ्जनबाट, त्यो कलाबाट, त्यो ज्ञानबाट वञ्चित हुने छौ । अरुलाई केही पनि हुँदैन । सुन्ने मान्छे थुप्रै छन् । हेर्ने मान्छे थुप्रै छन् । केही फरक पर्दैन । घरै बस । सिरक ओढेर सुत । नहेर । थुप्रो छन् मान्छे हेर्ने सुन्नेहरु । कला, कलाकार मन पराउने, स्वतन्त्रताको झण्डा उठाउने थुप्रो छन् ।
(सुरक्षा पन्तबारे) अर्को एउटा कलाकारले यसो के बोल्नुभएको थियो फिल्म बहिष्कार… कस्तो सहनै नसकेको होला । नाति, पनाती, खनातिलाई राजा बनाउने यस्तो नचाहिने कुरा नगरौं है भन्दा… तिम्रो जिन्दगीभरि बहिष्कार गरेर पुग्छ… घरमा गएर सोध आमालाई, म स्वतन्त्र नागरिक हुँ राजा चाहिन्न भन्छिन्, अनि तिमी भात खान्छौ कि आमाको रिसले घर छोडेर हिँड्छौ ?
आज पनि यो संस्कृतिक लडाईं चलिरहेको छ । तानाशाहीको प्रेत घरिघरि तर्साउन आइराख्छ । घरिघरि बौरिएजस्तो देखिनछ । तर यो तानाशाही कहिल्यै फर्केर आउन सक्ने छैन । कहिल्यै आउँदैन । भुतप्रेत भनेको यस्तैलाई भन्या हो । अरु प्रेत हुँदैन । यिनै हुन् प्रेत भन्या ।
अचम्म लाग्छ, बहुला कुकररले जस्तो टोक्यो, यता फर्कियो हाउँ हाउँ गर्या छ, उता फर्कियो हाउ हाउँ गर्या छ, उसलाई भेट्यो टोक्यो …. सुरक्षा पन्त एउटा कलाकार । कति राम्रो भन्या हेर्नुस त, राम्रो अनुहार छ कलामा आए हुन्छ, नराम्रो कुरा हो यो ? रिसाउने र गाली गर्नुपर्ने तीन हात उफ्रिनुपर्ने के छ ? त्यति राम्रो भन्या छ । म पनि सुझाव दिन्छु ती बाबु कला क्षेत्रमा गए भने, सिके भने राम्रो हुन्छ । अब राजा हुने सपना देखे भने सपनै सपनामा जिन्दगी जान्छ ।

Leave a Reply