काठमाडौं । सरकारसँग शिक्षकहरूको वार्ता आज पनि टुंगिन सकेन । राति साढे १० बजे वार्ता सकिएपछि पत्रकारलाई छल्दै शिक्षक नेताहरू पछिको ढोकाबाट निस्किए ।
महासंघका एक पदाधिकारीले नेपाल प्रेससँग अनौपचारिक कुरा गर्दै आफूहरूका मागबारे भोल मन्त्रिपरिषदले निर्णय गरेमा सकारात्मक वातावरण बन्ने बताइन् । त्यसो भएमा कक्षा १२ को परीक्षामा शिक्षकहरू सहभागी हुन सक्ने उनको भनाइ छ ।
‘मन्त्रिपरिषदले पूरा गर्न सक्ने मागहरूमा भोलि नै निर्णय हुनुपर्छ भनेका छौं । त्यो भएमा १२ को परीक्षा सञ्चालन हुन सक्छ । तर सबै माग पूरा नभएसम्म आन्दोलन रोकिँदैन’, ती पदाधिकारीले भने ।
आजको वार्तामा सरकारका तर्फबाट शिक्षामन्त्री रघुजी पन्तसहित गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री बिष्णु पौडेल पनि केहीबेर सहभागी भएका थिए ।

Leave a Reply