हेटौंडा । मकवानपुरको हेटौंडामा पहिलो पटक मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
मकवानपुर जिल्ला फुटबल संघले नियमित गर्दै आएको स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तर्गत सातौ चरणमा आईपुग्दा महिला गोल्डकपको आयोजना गर्न लागेको हो । मंगलवार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि संघले बैशाख १९ गतेबाट प्रतियोगिताको आयोजना गर्न लागेको जनाएको छ ।
प्रतियोगिताको तयारी पूरा भएको जनाउदै एन्फा केन्द्रीय सदस्य एवम मकवानपुर फुटबल संघका अध्यक्ष टिकाराम लामाले महिला गोल्डकपले देशभर महिला फुटबललाई उत्साह थप्ने विश्वास व्यक्त गरे ।
हेटौंडा–६ स्थिर गौरीटार रंगशालामा सञ्चालन हुने प्रतियोगितामा ३ विभागीय टोली र ५ वटा जिल्ला क्लबकल सहभागि रहने संघका मकवानपुर महासचिव छवि सुवेदीले बताए ।
प्रतियोगितामा एपीएफ, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लब, आयोजक मकवानपुर, चितवन, सर्लाही, रौतहट र बाराले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ्न भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर दिइनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।
विधागत उत्कृष्ट खेलाडीले समान २५ हजार रुपैयाँ पाउने छ्न । प्रतियोगिता संचालनको लागि ६१ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ ।

Leave a Reply