काठमाडौं । सर्वोच्च अदालतमा क्रियाशील सम्पूर्ण ट्रेड युनियनहरुले कायमुकायम प्रधानन्याधीश सपना मल्ल प्रधानलाई भेटी विवादित न्यायपरिषद नियमावली खारेज गरी न्यायाधीश नियुक्ति प्रक्रियालाई अगाडि बढाउन सुझाव दिएका छन् ।
मंगलबार चार वटा संगठनहरुले संयुक्तरुपमा यस्तो सुझाव दिएका हुन् । नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अर्जुनबाबु सापकोटा, निजामती कर्मचारी युनियनका जोदा सिंह कठायत, राष्ट्रिय निजामती कर्मचारी संगठनका सचिव सुकराम मोक्तान र एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष दुर्गादत्त लम्सालले लिखित न्यायाधीश नियुक्तका सम्बन्धमा सुझाव दिएका हुन् ।


Leave a Reply