शिक्षक नेताहरुले फोन नउठाएपछि डाक्टरसित वार्तामा बसे शिक्षामन्त्री

काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले आज शिक्षक महासंघको वार्ता टोलीको पर्खाइमा दिन बिताएका छन् । हिजो मन्त्रालयमा भएको वार्ता सहमति उन्मुख भनिए पनि आजको वार्ता सुरु हुन सकेको छैन ।

अबेरसम्म शिक्षक नेताहरु नआएपछि मन्त्रीले आन्दोलनरत चिकित्सक संघसँग वार्ता थालेका छन् । शिक्षा मन्त्रालयमा अहिले भर्खरै चिकित्सकसँगका अध्यक्ष अनिल विक्रम कार्कीसहितको टोलीसँग वार्ता सुरु भएको हो ।

शिक्षकसँगको वार्ता भने अनिश्चित देखिएको छ । मन्त्री पन्तले आज संसद वैठकसमेत हापेर शिक्षकसँगको वार्ता टुंगो पुर्याउने गरी तयारी गरेका थिए । तर, अहिले शिक्षक नेताहरुले आफ्नो फोनसमेत नउठाएको गुनासो उनले गरेका छन् ।

हिजो मन्त्रालयमा राति अवेरसम्म बसेको वैठकले केही विषयमा सहमति जुटाएको थियो । आज थप छलफल गरेर टुंगोमा पुग्ने भनिएकोमा शिक्षक महासंघ वार्तामा नआएपछि अन्योल उत्पन्न भएको छ । महासंघले आज वैठक बसेर हिजो भएको सहमतिको खाकालाई परिमार्जन गरेको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *