नबिल बैंकको ढुक्क बचत खाता- एक खातामा अनेक सुविधा पाइने दाबी

काठमाडौं । नबिल बैंकले ढुक्क बचत खाता सञ्चालन गरिरहेको छ । विभिन्न सुविधासहित नबिल बैंकले ढुक्क बचत खाता सञ्चालनमा ल्याएको हो ।

नबिल बैंकका अनुसार यस खाता खोल्दा बीमा सुविधा समेत पाइन्छ । जसमा प्राण घातक र आवधिक जीवन बीमा, दुर्घटना बीमा र औषधोपचार बीमा सुविधा रहेको छ ।

१० लाखसम्मको दुर्घटना बीमा रहेको छ । तीन लाख ७५ हजारसम्मको घातक र आवधिक जीवन बीमा रहेको छ भने वार्षिक एक लाख रुपैयाँ बराबरको औषधि उपचारमा दाबी भुक्तानी गरिने भएको छ ।

त्यस्तै, डेबिट, क्रेडिट कार्ड, मोबाइल बैंकिङ आजीवन निःशुल्क गरिएको छ । अन्य एटिएमबाट निःशुल्क रकम झिक्न सक्ने समेत यस खाता अन्तर्गतका सुविधा रहेको बैंकले जनाएको छ ।

खाता खोलेको पहिलो वर्ष डिम्याट मेरो शेयर र लकर सुविधा निःशुल्क गरिएको छ । दोस्रो वर्षदेखि पनि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *