काठमाडौं। नवीनतम प्रविधिमा आधारित विश्वप्रसिद्ध उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड टीएलसीले नेपालको एयर कन्डिसनिङ बजारमा नयाँ मापदण्ड स्थापना गर्दै आफ्ना नयाँ इन्भर्टर एसी सिरिजमा १० वर्षको कम्प्रेसर वारेन्टी घोषणा गरेको छ । यस नयाँ पहलले टीएलसीको उत्पादनको दिगोपनमा रहेको विश्वास र नेपाली उपभोक्तालाई दीर्घकालीन मूल्य प्रदान गर्ने प्रतिबद्धतालाई झल्काउने कम्पनीले जनाएको छ ।
मुख्य विशेषताहरुः
१. अझ प्रभावकारी ऊर्जा बचत
स्मार्ट इन्भर्टर – ७० प्रतिशतसम्म ऊर्जा बचत
जेन मोड
२. उत्कृष्ट आराम र स्वास्थ्य
द्रुत कूलिङ र हिटिङ
स्मार्ट एयरफ्लो
गोल्डेन फिन
३. सजिलो प्रयोगको लागि सुविधा
स्मार्ट एप कन्ट्रोल
नयाँ इन्भर्टर एसी मोडेलहरूः
• TAC-12CHSDI/XAF1 (१ टन)
• TAC-18CHSDI/XAF1 (१.५ टन)
• TAC-24CHSDI/XAF1 (२ टन)
नेपाली आवश्यकताको सम्बोधन
टीएलसीको नयाँ इन्भर्टर एसी सिरिज विशेषगरी नेपालको भौगोलिक र जलवायु अवस्थालाई मध्यनजर गरेर निर्माण गरिएको हो । बारम्बार हुने भोल्टेजको उतारचढाव, तातो गर्मी र चिसो जाडोको प्रभावलाई नियन्त्रण गर्न यी एसीहरूमा आधुनिक भोल्टेज स्टेबिलाइजेसन सुविधा उपलब्ध छ ।
ऊर्जा–कुशल डिजाइनले बिजुली खर्च घटाउनुका साथै वातावरणमैत्री समाधान पनि प्रदान गर्दछ । टिकाउपनमा उत्कृष्ट, टीएलसी एसीहरूले वर्षभरि भरपर्दो आराम सुनिश्चित गर्छन् ।
टीएलसी बारे
टीएलसी एक विश्वव्यापी प्रविधि कम्पनी हो, जसले टेलिभिजन, वाशिङ मेसिन, रेफ्रिजरेटर, एयर कन्डिसनर र वाटर डिस्पेन्सर जस्ता उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादनहरू उपलब्ध गराउँछ ।
नवीनता र गुणस्तरमा विश्वास राख्ने टीएलसीले मानिसको जीवनशैलीमा सुधार ल्याउने लक्ष्य लिएको छ ।
सीजी इलेक्ट्रोनिक्सबारे
सीजी इलेक्ट्रोनिक्स, चौधरी ग्रुप अन्तर्गतको एक प्रतिष्ठित संस्था, टीएलसीको नेपालको लागि आधिकारिक वितरक हो । देशभर छरिएका शोरूमहरू, अधिकृत डिलरहरू र सेवा केन्द्रहरूको नेटवर्कमार्फत, सीजी इलेक्ट्रोनिक्सले उपभोक्ताहरूलाई टीएलसीका गुणस्तरीय उत्पादनहरू सहज पहुँच र भरपर्दो सेवा सुनिश्चित गर्दछ । टीएलसी र सीजी इलेक्ट्रोनिक्सको साझेदारीले नेपाली घरपरिवारहरूमा उच्च गुणस्तरका, ऊर्जा–दक्ष समाधान ल्याउने साझा दृष्टिकोणलाई साकार पारेको छ ।

Leave a Reply