शिक्षकको माग सम्बोधन गर्नुपर्छ भन्नेलाई हट्न बाध्य बनाएर सरकारले अनुदार मन्त्री ल्यायो : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले शिक्षकहरूको माग पूरा गर्न सरकार तयार नभएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले शिक्षकसँग भएको वार्ताबारे सदनलाई जानकारी दिन मन्त्रीसमेत तयार नभएको बताए ।

उनले आफूहरूले नै विधेयक सदनमा ल्याएको भन्दै अहिले आफूहरू समर्थन गर्न पनि तयार रहेको बताए। सरकारले शिक्षकहरूप्रति अनुदार मन्त्री ल्याएको आरोप लगाउँदै सार्वजनिक महत्वको प्रस्तावमा समेत छलफल गर्न तयार नभएको बताए ।

उनले भने, ‘विधेयकमा काम गरिरहेको मन्त्रीलाई राजीनामा दिन बाध्य बनाउने, झन् अनुदार मन्त्री लिएर आउने, मन्त्री संसद् र शिक्षकहरूलाई पनि फेस गर्न तयार नहुने, सरकारले शिक्षकहरूसँग वार्ता गरेर संसद्लाई पनि आश्वस्त बनाओस् ।’

सरकार निजी विद्यालय चलाउने सामुदायिक विद्यालय बन्द गर्ने, संसद् छल्ने बाहिर बोल्दै हिँड्ने, आन्दोलनरत शिक्षकसँग वार्ता गर्न तयार नहुने भएकाले यो लोकतान्त्रिक चरित्र नै नभएको जिकिर गरे ।

Comments

4 responses to “शिक्षकको माग सम्बोधन गर्नुपर्छ भन्नेलाई हट्न बाध्य बनाएर सरकारले अनुदार मन्त्री ल्यायो : वर्षमान पुन”

  1. ksp Avatar
    ksp

    तिम्रो नेताले दुईवर्षसम्म पापा खाएर बसेर शिक्षकको मागमा माखो मारेन । अहिलेको सरकारले देशले धान्नेसम्मको माग नमागे पनस पूरा गर्छ । माओवादी नामको दलालहरूको पार्टीलाई भन्न अलिकति लाज लाग्दैन ?

  2. RK Avatar
    RK

    यतिवेला त दोष लाएर उम्किने वेला होइन तर आज सम्मको घट्ना हेर्दा ग्राइन्ड डिजाइन नै माओवादी हो शिक्षक आन्दोलनको । किनभने राजावादी को आन्दोलन सफल नभएपछि शिक्षक अघि सारेर सरकार परिवर्तन गर्न सकिन्छ भन्ने भ्रम पालेका छन । शिक्षक नेतृत्व नै PM बन्नै दौडमा छ । हेर्दा लाग्छ कमान्डिङ नै प्रचन्ड एन्ड कम्पनिले गरेको हो ।

  3. ksp pyl Avatar
    ksp pyl

    माग पूरा गरि नहाल सरकार । धम्की दिने बितिक्कै लुरूक्क परेर पूरा गरेर देशले धान्छ ? काँग्रेसको गगन , विश्व प्रकाश गुट शिक्षकका माग पूरा गर्नुपर्छ भन्छ । सबै माग पूरा गरेमा त्यहि काँग्रेसको अर्को गुटले ओलिले देश बर्वाद बनायो भन्छ । हण्डी खाएर मिडिया चलाईरहेका दलालहरूलाई अरू मसला के चाहियो? दुर्गा प्रसाईं देखाएर सरकारमा जाउँला भनेको प्रचण्डले नपाएपछि अहिले शिक्षकलाई उचालिरहेको छ । उसको उद्देश्य भाँडभैलो गरिदिएर सरकारमा जाने हो । यस्ताका जे माग पनि पूरा गर्नुपर्छ भन्ने छ ? यिनका आन्दोलनले केही नाप्दैन ।

  4. ksp pyl Avatar

Leave a Reply

Your email address will not be published. Required fields are marked *