धनराजको प्रस्ताव- काठमाडौंको तीन तले घरमा बस्नेलाई ४ हजार भत्ता पर्दैन, विपन्नलाई ८ बनाइदिऔं (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सम्पन्न परिवारका मान्छेलाई ४ हजार सामाजिक सुरक्षा भत्ता दिनुको अर्थ नभएको बताएका छन्।

विपन्न वर्गको उत्थान र विकाससम्बन्धी कांग्रेसको नीतिगत सुझाव प्रतिवेदन सभापति देउवालाई बुझाउने कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्पन्न मान्छेलाई ४ हजार भत्ता बाँडेर विपन्नलाई माथि उठान नसकिने बताए।

‘अहिले २० प्रतिशत विपन्न वर्ग छ। त्यसलाई शून्यमा झार्नुपर्छ। अहिले एकदमै धनी मानिसलाई पनि उही, गरिबलाई पनि उही सेवा दिइन्छ। अहिले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छौँ। धनी र गरिब सबैको बा आमाले उही पाइराखेको अवस्था छ’ उनले भने, ‘काठमाडौंमा तीन तले घरमा बस्छन् ४ हजार सामाजिक सुरक्षा भत्ता लिन पुगिरहेका हुन्छन्, ७० वर्षमाथि उमेरमा पनि गिट्टी कुटेर खानेहरूले पनि उही ४ हजार भत्ता बुझ्छन् त्यो त भएन नि। हामीले त्यहाँनिर आँट गरेर हान्नुपर्ने भएको छ। सम्पन्न मान्छेलाई ४ हजार भत्ता बाँडेर विपन्नलाई माथि उठान सकिँदैन। बरु विपन्नलाई मात्रै ४ को ८ बनाऔँ न। त्यो ढङ्गले सरकार लाग्नुपर्छ। त्यो विभाग र पार्टीको पनि जिम्मेवारी हो।’

उनले कांग्रेस अहिले सरकारमा हुँदा यस्ता कुरालाई ध्यान दिनुपर्ने बताए।

Comments

2 responses to “धनराजको प्रस्ताव- काठमाडौंको तीन तले घरमा बस्नेलाई ४ हजार भत्ता पर्दैन, विपन्नलाई ८ बनाइदिऔं (भिडिओ)”

  1. राम काफ्ले Avatar
    राम काफ्ले

    सहकरी को १५करोड खाएर अमेरिका पलाएन हुने योजना के हुँदै छ? सहकरी ठग ज्यू।

  2. राम काफ्ले Avatar
    राम काफ्ले

    सहकरी को १५ करोड खाएर अमेरिका पलाएन हुने योजना के हुँदै छ? सहकरी ठग ज्यू।

Leave a Reply

Your email address will not be published. Required fields are marked *