काठमाडौं । नेपाली कांग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकार र शिक्षकबीचको वार्ता सहमतिउन्मुख रहेको बताएका छन्।
नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका प्रतिनिधिहरूसँग कुरा गर्दै उनले निरन्तरको वार्तापछि सहमतिनजिक पुगेको बताए।
आन्दोलनरत शिक्षक भोलिसम्म कार्यस्थल फर्किने वार्ता अघि बढिरहेको बताए। तत्काल पूरा गर्न सकिने मागलाई मन्त्रिपरिषद्बाट निर्णय गरेर शिक्षा ऐन जारीको अवधि निश्चित गर्नेगरी सरकारले सहमति गर्ने बताए।
उनले कक्षा १२ को परीक्षा तोकिएकै समयमा हुने बताए। शिक्षकहरूसँग सहमति गर्को लािग कांग्रेसबाट महरसहित महामन्त्रीद्वय गगन थापा र विश्वाप्रकाश शर्मा निरन्तर खटिएका छन्।

Leave a Reply