शिक्षक आन्दोलनबारे शिक्षामन्त्रीले सदनमा आएर जवाफ दिनुपर्छ : रामहरि खतिवडा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण बनाउन सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै शिक्षकहरू कांग्रेस, एमाले र माओवादीको मात्रै नभएको बताए।

उनले भने, ‘शिक्षकहरूलाई पानीको फोहोरा हानेर मात्रै हुँदैन। तुरुन्त विद्यालय फर्काउने वातावरण बनाइयोस्। उहाँको जायज माग पूरा गर्न सरकार लागोस्, शिक्षामन्त्री नवनियुक्त हुनुहुन्छ उहाँले सदनमा आएर जवाफ दिने वातावरण बनाउनुपर्छ।’

उनले सरकारसँग तत्कालै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न पनि माग गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *