सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नपरेपछि विपक्षी दलले भन्यो- सरकार गैरजिम्मेवार बन्यो (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकार संसदप्रति जबाफदेही हुनुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूको तर्फबाट बोल्दै आफूहरूले आन्दोलनरत शिक्षकहरूको माग र समाधानसहितका ६ बुँदा छलफलका लागि ध्यानाकर्षण गराइएको भए पनि आज कार्यसूचीमा नराखेको भन्दै असन्तुष्टि जनाए। हिजो विपक्षी ५ दलले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए।

त्यसबारे उनले भने, ‘हामीले सभामुखसँग कुरा गर्दा सरकारको तर्फबाट मन्त्रीज्यूहरूले समय दिन नसक्ने भएपछि नराखेको भन्ने जवाफ पायौँ। लाग्यो संसदप्रति सरकार कति गैरजिम्मेवार छ। आम जनताको समस्याप्रति र एकातर्फ सडक संघर्ष भइरहेको छ। तर सरकार गैरजिम्मेवार बन्दै गइरहेको छ।’

उनले विद्यार्थीलाई पढ्न र रोकिएका परीक्षा सञ्चालन गर्ने माहौल बनाउन सरकारसँग माग गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *