शिक्षकसँग आजै सहमतिको सम्भावना- दिउँसो पनि वार्ता

काठमाडौं । २८ दिनदेखि जारी शिक्षक महासंघको माग सम्बोधनउन्मुख बनेको छ ।

सोमबार दिनभर र मध्यरातसम्म मन्त्री र शिक्षक नेताबीचको वार्तापछि दुवै पक्ष सहमतिनजिक पुगेका हुन् । वार्ता आज दिउँसो पनि हुँदैछ ।

शिक्षामन्त्री रघुजी पन्तले छलफल एकदमै सकारात्मक भएको बताए । उनका अनुसार आज टुंग्याउने गरी काम अघि बढेको छ ।

अहिले शिक्षक महासंघको बैठक बसिरहेको छ । महासचिव तुलाबहादुर थापाले आज दिनभरसम्ममा सहमतिको सम्भावना सुनाए ।

‘आशावादी छौं । हामी छलफलमै छौं । आज केही होला’, बैठकस्थलबाट थापाले नेपाल प्रेससँग भने ।

आजै गठबन्धनका मुख्य दल कांग्रेस-एमालेका शीर्ष नेतासँग पनि छलफल तय भएको उनको भनाइ छ ।

तत्काल पूरा गर्न सकिने मागलाई सहमति गरी आज-भोलि क्याविनेटबाट निर्णय गराएर लागू गर्ने र ऐन जारीको अवधि निश्चित गर्ने तयारी भइरहेको मन्त्रालयका एक अधिकारीले बताए ।

राति मन्त्रालयबाट निस्किँदै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले केही विषयमा छलफल भएको र केही छलफल आवश्यक रहेको बताएका थिए । आन्दोलन भने जारी नै रहने उनको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *