प्रचण्डको मर्निङवाकबाट सुरु भयो सुदूरपश्चिममा माओवादीको जागरण अभियान

कैलाली । नेकपा माओवादी केन्द्रले झापाबाट सुरु गरेको तराई-मधेश जागरण अभियान कञ्चनपुर पुगेर समापन हुँदैछ । हुलाकी राजमार्ग केन्द्रित अभियान टोली हिजो साँझ कैलाली प्रवेश गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको केन्द्रीय पदाधिकारीलगायतको टोलीलाई साँझ ५ बजे टीकापुर नगरपालिकाको सत्ती कर्णालीमा स्वागत गरिएको थियो। प्रचण्ड नगर अध्यक्ष धनसिंह साउदको घरमा सुतेका थिए । बिहान सूर्यपुरदेखि सत्ती बजारसम्म प्रचण्डले मर्निङवाक गर्दै कैलाली कञ्चनपुरमा जागरण अभियानको शुभारम्भ गरेका थिए ।

बिहान ८ बजे टीकापुर-८ सूर्यपुरमा सहिद परिवार भेटघाट,९ बजे देखि १० बजेसम्म वडा नं ९ को झुंगामा जनसभा कार्यक्रम र ११ बजे कैलारी गाउँपालिका-५ वैसपुरमा सहिद परिवार भेटघाट कार्यक्रम रहेको माओवादी केन्द्रले जानकारी दिएको छ।

साढे १२ बजे कैलारी गाउँपालिका-५ वैसपुरमा जनसभा,दिउँसो साढे २ बजे सम्म धनगढी उपमहानगरपालिकाको डिपोबजारमा सहिद परिवार भेटघाट र साढे ३ बजे धनगढीको ओम पार्टी प्यालेसमा अन्तरक्रिया कार्यक्रम रहेको छ ।

त्यसपछि अभियान टोली हुलाकी राजमार्ग हुँदै कञ्चनपुर जाने छ । आज साँझ साढे ५ बजे अभियान टोलीलाई कञ्चनपुरका लागि धनगढी भन्सारबाट बिदाइ गरिने छ।

१६ गते साँझ पुनर्वास नगरपालिका-११ डोकेबजारमा अभियान टोलीलाई स्वागत र गुम्बा निरीक्षण तथा पुनर्वास नगरपालिकाको कार्यालयमा स्वागत भेटघाट गरी वडा नं २ मोतिबस्तीमा बास बस्ने तयारी छ।

भोलि बिहान पुनर्वास नगरपालिका-२ मोतिबस्तीमा मर्निङवाक गर्ने छन् । ७ देखि ८ बजेसम्म मोतिबस्तीस्थित सहिद स्मृति सभा हलमा सहिद परिवार भेटघाट,साढे ९ देखि १० बजे बेलौरी नगरपालिका-५ स्थित रामनगर खानेपानी उद्घाटन, सहिद सालिक माल्यार्पण तथा सोभाताल अवलोकन र १०:१५ बजेदेखि ११ बजेसम्म बेलौरी नगरपालिकाको सभा हलमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम रहेको माओवादी केन्द्रले जनाकारी दिए।

१७ गते दिउँसो १ बजेदेखि साढे १ बजेसम्म बेलडाँडी गाउँपालिकाको चौवन्नी बजारमा भेटघाट र २ देखि साढे २ बजेसम्म बेदकोट सामादैजी हुलाकीमार्ग पश्चिम प्रवेशद्वारमा अवलोकन, सहिद परिवार भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

वैशाख १७ गते साढे ३ बजेदेखि ५ बजेसम्म भीमदत्त नगरपालिका-४ स्मारक चोकमा अभियान समापन कार्यक्रम रहेको छ।त्यसपछि अध्यक्ष प्रचण्ड कार्यक्रम सकेर काठमाडौं फर्किने छन् ।

अभियानमा प्रचण्डसहित नारायणाजी श्रेष्ठ, अग्नि सापकोटा, नन्दकिशोर पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल लगायतको सहभागिता रहेको छ।

Comments

One response to “प्रचण्डको मर्निङवाकबाट सुरु भयो सुदूरपश्चिममा माओवादीको जागरण अभियान”

  1. ksp pyl Avatar
    ksp pyl

    मर्निङ् वाकको नाममा यसको चटक फेरि ! दुनिया गरिवका घरमा हुल बाँधेर गएर मासु भात खान पाईएकै छ । ध्यान चाहिँ फेरि काठमाडौंमा सत्तामा छ । अलिकति केही हुन्छ कि भनेजस्तो भएमा कथित अभियान नामको रमिता रोकेर काठमाडौं आएर देउवालाई बाहिरैबाट समर्थन भन्छ । आरजूलाई प्रधानमन्त्री बनाउने भने पनि तयार हुन्छ । एक जना भए पनि सरकारमा पठाउन पाए लुटन पाईन्थ्यो भन्ने छ यसलाई । आफूले नियुक्ति गरेका र महिनावारी बुझाईरहेकाहरू ओलिले हटाउँदै गए । जनयुद्वमा लुटेको पैसा लुकाउन दिएका व्यापारीले पनि खाईदिए । प्रचण्डलाई ८४ सम्म यहि हालतमा छोडिदिने हो भने सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *