नियमित पठनपाठन सुरु गर्न ललितपुर महानगरको सबै सामुदायिक विद्यालयलाई अनुरोध

काठमाडौं । ललितपुर महानगरपालिकाले सम्पूर्ण सामुदायिक विद्यालयहरुलाई सञ्चालनका लागि अनुरोध गरेको छ ।

महानगरका प्रवक्ता राजु महर्जनले महानगरका सबै सामुदायिक विद्यालयहरुलाई सम्बोधन गर्दै लेखिएको पत्रमा वैशाख १६ गतेदेखि भर्ना प्रक्रिया एवम् नियमित पठनपाठन पूर्णरुपमा सञ्चालन गर्न गराउन आग्रह गरिएको छ ।

सर्वोच्च अदालतले पनि देशभरका बालबालिकालाई विद्यालयाम नियमित पठनपाठन गर्न पाउने हकबाट बञ्चित नगर्नु नगराउनू भन्ने आदेश आएबमोजिम महानगरले यस्तो अनुरोध गरेको हो ।

करिब एक महिनादेखि जारी काठमाडौं केन्द्रित शिक्षक आन्दोलनले देशभरका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *