२३ जिल्लामा नयाँ प्रहरी प्रमुख, प्रधानमन्त्रीको गृहजिल्लामा राजन लिम्बू

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले सोमबार जनपद समूहतर्फका ६३ एसपीको सरुवा हुँदा एसपी राजन लिम्बूले अर्को जिल्ला कमाण्डको अवसर पाएका छन् ।

यो सरुवामा २३ जिल्लाका प्रहरी प्रमुख फेरिए । त्यसमध्ये जिल्ला प्रहरी कार्यालय, चितवनका एसपी राजन लिम्बू झापा सरुवा भएका छन् । लिम्बूको चाहना र कार्यक्षमता एवम् उच्च राजनीतिक नेतृत्वको आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला सरुवा भएका हुन् ।

यसअघिको एसपी सरुवामा पनि चितवनमा कार्यरत प्रहरी प्रमुख गौतम मिश्र त्यहीँबाट सीधै पर्सा सरुवा भएका थिए ।

केही एसपीले दोहोर्याएर जिल्ला प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी पाएका छन् । कैलाली सरुवा भएका बालनरसिंह राणाले यसअघि सिन्धुपाल्चोक प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।

धनुषा सरुवा भएका नरहरि रेग्मी र सुर्खेत सरुवा भएका सुधीरराज शाहीले जिल्ला प्रहरी कार्यालय, नवलपरासी सुस्ता पूर्वको नेतृत्व सम्हालेका थिए । गोरखा सरुवा भएका भरतबहादुर विकले रुपन्देही प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका हुन् ।

सोमबारको सरुवाअनुसार सिराहामा अनन्तराम शर्मा, पश्चिम नवलपरासीमा अनुपम श्रेष्ठ, काभ्रेपलान्चोकमा कोमल शाह, कन्चनपुरमा खड्गबहादुर खत्री र चितवनमा गोविन्द पुरी जाने भएका छन् ।

त्यस्तै, तिलक भारती वाग्लुङ, दधिराम न्यौपाने स्याङ्जा, दीपेन्द्र शाही धादिङ नारायणप्रसाद अधिकारी गुल्मी, नारायणप्रसाद चिमरिया मोरङ प्रहरी प्रमुखमा सरुवा भएका छन् ।

पाल्पा प्रहरी प्रमुखमा पवनकुमार भट्टराई, रुपन्देहीमा प्रदीपबहादुर क्षेत्री, सर्लाहीमा योगेन्द्रकुमार खड्का, बाकेमा रामप्रसाद घर्ती मगर, सिन्धुलीमा लालध्वज सुवेदी, धनकुटामा शरतकुमार थापा कस्तरी सरुवा भए । महोत्तरीमा हेरम्ब शर्मा जाने भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *