१८ अर्बको अवैध कारोबार गर्ने ११ जिल्ला २१ जना कारोबारीहरू पक्राउ

काठमाडौं । आन्तरिक रेमिटेन्सका नाममा अवैध कारोबार गरेको आरोपमा २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले झण्डै १८ अर्ब रूपैयाँ (१७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रूपैयाँ) अवैध कारोबार गरेको अधिकारीहरूले बताएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अवैध वित्तीय कारोवारमा संलग्न ११ जिल्लाका कारोबारीहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको हो । उनीहरू विदेशबाट हुने रेमिट्यान्स आप्रवाहमा अवरोध गरी नेपालमा अवैध कारोबार (भन्सार, चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली) लगायतमा संलग्न रहेको जनाइएको छ ।

ती व्यक्ति तथा समूहले गैरकानूनी कारोबारबाट प्राप्त गरेको रकमलाई डिजिटल वालेट (सजिलो पे र पेवेल नेपाल प्रा.लि.) कम्पनीहरूको नाममा नेपालमा रहेका बैंक खाताहरुमा जम्मा गर्नको ‘मनी म्युल’ हरुलाई परिचालन गरेको पाइएको छ ।

विभिन्न रेमिट्यान्स भुक्तानी गर्न अनुमति लिएका मनी ट्रान्सफरहरूले उक्त डिजिटल वालेट कम्पनीहरूमार्फत ‘ई मनि’ बनाई सो रकमलाई रेमिट्यान्स बापत भुक्तानी पाउनु पर्ने विदेशमा रहेका नेपाली कामदार तथा विद्यार्थीहरुका नेपालमा रहेका आफन्तहरुको खातामा ट्रान्सफर गरी रेमिट्यान्स बापतको रकम हिसाब मिलान गरेको देखिएको छ ।

उनीहरूले नेपाल राष्ट्र बैंकबाट जारी आदेश र निर्देशन विपरितको कार्य गरेकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिमको कसुर उपर अनुसन्धान भइरहेको सीआइबीले जनाएको छ ।

हेर्नुस् पक्राउ परेका व्यक्ति, एजेन्ट/कम्पनीको नाम र अहिलेसम्मको अवैध कारोबारी रकम

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *