काठमाडौं । स्वतन्त्र विधार्थी युनियन अमृत क्याम्पसले क्याम्पसमा सक्रिय सङगठन तथा संस्थाहरु स्ववियूमा दर्ता गराउन सूचना जारी गरेको छ ।
क्याम्पसमा सक्रिय विभिन्न विद्यार्थी संघसंगठन, क्लबहरू, सोसाइटी तथा अन्य स्वतन्त्र संघ सबैलाई दर्ता गराएर समन्वय गर्न यही वैशाख मसान्तसम्मको समय सीमा तोकिएको छ ।
स्ववियू अध्यक्ष रुद्रहरि पोखरेलद्वारा जारी सूचनामा दर्ता गराएर स्ववियूमार्फत विभिन्न आफ्ना योजना प्रस्तुत गरेपछि क्याम्पसमा एकद्वार प्रणालीको विकास हुने र क्याम्पस प्रशासन स्वस्फूर्त ढंगले काम गर्न पाउने उल्लेख छ ।


Leave a Reply