राप्रपा नेपालले गरायो राजावादीहरुको जमघट, लिङदेन-थापादेखि नवराजसम्म एक ठाउँ (तस्बिरहरु)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)ले राजावादी नेताहरुलाई एक ठाउँ भेला गराउन सफल भएको छ ।

आज रत्नपार्कमा आयोजना गरेको विरोध सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनदेखि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुबेदीसम्म उपस्थित भएका छन् ।

विभिन्न दल र समूहमा विभाजित राजावादी नेताहरु आज पहिलोपटक एकै ठाउँमा देखा परेका हुन् । राप्रपा नेपालको कार्यक्रममा राप्रपाको उपस्थिति पनि पहिलोपटक हो । राप्रपा नेपालले आजको कार्यक्रममा पार्टीको झण्डाको साटो राष्ट्रिय झण्डा प्रयोग गरेको छ ।

आजको कार्यक्रममा राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणा पनि उपस्थित भएका छन् । हिरासतबाट छुटेर भारतमा उपचार गराएर फर्केलगत्तै उनी आन्दोलनमा भाग लिन पुगेका हुन् । राप्रपाका सांसद दीपक सिंह लगायत थुप्रै नेताहरु राप्रपा नेपालको कार्यक्रममा देखिएका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *