पूर्वप्रधानमन्त्री भट्टराईले भेटे भारतीय रक्षामन्त्री, के भयो कुराकानी ?

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई र भाजपाका वरिष्ठ नेता तथा भारतका रक्षा मन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ ।

भारत भ्रमणमा रहेका भट्टराईसँग रक्षामन्त्री सिंहको आज नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।

भेटमा नेपाल–भारत सम्बन्ध सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा सकारात्मक संवाद भएको भट्टराईको सचिवालयले जनाएको छ ।

भट्टराईले हालै पेहलगाम, कश्मीरमा सर्वसाधारणमाथि भएको आतंकवादी हमलाको घोर निन्दा गर्दै गहिरो दुःख व्यक्त गरेका थिए ।

प्रगतिशील नेपाली समाज समिति, भारतको अधिवेशन उद्घाटनको लागि भट्टराई भारत पुगेका थिए ।

 

Comments

4 responses to “पूर्वप्रधानमन्त्री भट्टराईले भेटे भारतीय रक्षामन्त्री, के भयो कुराकानी ?”

  1. Mania Thompson Avatar
    Mania Thompson

    लेन्डुपे।

  2. bipin Avatar
    bipin

    yesta choor lai kina vetko hola ?

    1. Mania Thompson Avatar
      Mania Thompson

      @Bipin लेन्डुप दोर्जेको नेपाली version भएकोले।

  3. Mania Thompson Avatar
    Mania Thompson

    @Bipin लेन्डुप दोर्जेको नेपाली version भएकोले।

Leave a Reply

Your email address will not be published. Required fields are marked *