एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटीले गर्‍यो क्यालेण्डर विमोचन  

काठमाडौं । नेकपा एमाले युवा विद्यार्थी विशेष काठमाडौं जिल्ला कमिटीले “२०८२ सालको क्यालेण्डर” विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । युवा विद्यार्थी विशेषको कार्यालय बुद्धनगरमा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा उपत्यका विशेष प्रदेशका कमिटीका इन्चार्ज सुजिता शाक्यले क्यालेन्डरको विमोचन गरेकी हुन् ।

विमोचन पश्चात् शाक्यले भनिन्, ‘यस्ता रचनात्मक कार्य गर्दा पार्टी र कमिटी दुवैको महत्त्व बढ्छ पार्टी आन्दोलन उठाउन र जनतामाझ पुग्न सजिलो हुन्छ । मिसन ०८४ म लाग्न र पार्टीलाई चौतर्फी घेराबन्दी र देशमा राजनीति सङ्कट रहेकोले त्यो पार एमाले बाहेक अरूले गर्न नसक्ने भन्दै एकजुट हुन आग्रह गर्दछु ।’

उपत्यका विशेष प्रदेश अध्यक्ष प्रेम कुमार पराजुलीले यस जिल्ला कमिटीको महत्त्व र पावर बढेको बताए । त्यस्तै, पराजुलीले अहिले यो कमिटीको कार्यालयसहित पार्टीको विभिन्न गतिविधिहरू व्यवस्थित ढङ्गले गरेकोले यो कमिटीको ठुलो उपलब्धि भएको बताए । आगामी दिनमा अझै सशक्त ढङ्गले अघि बढ्न उनले सुझाव दिए ।

प्रचार विभाग प्रमुख किरण देउजाले प्रचार विभागको वार्षिक कार्य योजना अन्तर्गत कै कार्यक्रम रहेको र केही समय भित्र नै कमिटीको मुखपत्र निकाल्ने तयारी भएको जानकारी दिए । यस्तै, उनले यो कमिटीको ३४ वर्षको इतिहासमा पहिलो पटक यस्ता रचनात्मक कार्य सुरु गरेको आगामी दिनमा निरन्तरता दिने बताए ।

उक्त कार्यक्रममा उपत्यका विशेष प्रदेशका उपसचिव उर्मिला सुनुवार, प्रदेश सदस्यहरू रमेश भट्टराई, उषा अधिकारी, पेशागत जिल्ला कमिटी अध्यक्ष मोहनकुमार पराजुली  लगायतले शुभकामना दिएका थिए ।

उक्त कार्यक्रममा जिल्ला कमिटी सदस्य, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्ववायु कोषाध्यक्षमा निर्वाचित सञ्चमाया सुब्बा र  नेपाल कमर्स क्याम्पस मिनभवनमा स्ववायु उपाध्यक्षमा निर्वाचित पुष्पा मगरलाई सम्मान समेत गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *