गगनको आग्रह- शिक्षकहरूको आवाज दमन होइन, संवादबाट समाधान गरौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरुको आवाज दमन गरेर नभइ संवादबाट समाधान गर्न आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै यस्तो आग्रह गरेका हुन् । ‘राज्यसँग आग्रह छ- शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गरौँ। आन्दोलनरत शिक्षकहरु संग भएको विगतको सहमतिको आधारमा निर्णय गरेर चाँडोभन्दा चाँडो कक्षाकोठामा फर्कने वातावरण बनाउनमा नै हामी सबैले काम गर्नु पर्ने छ, त्यही गरौं’, उनले लेखेका छन् ।

विद्यालय शिक्षा ऐनको माग गर्दै शान्तिपूर्ण रूपमा भेला भएका शिक्षकहरू र सुरक्षाकर्मीहरूबिच भएको झडप दुःखद र चिन्ताजनक भएको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको रक्षा गर्नु राज्यको पहिलो दायित्व भएको थापाले बताए ।

‘शान्तिपूर्ण आन्दोलनमा सहभागी शिक्षकहरू, सुरक्षाकर्मी र पत्रकारहरू घाइते हुनु कुनै पनि हिसाबले उचित हुन सक्दैन। घाइते सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी र पत्रकारहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु’, थापाले भनेका छन् ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *