अल्फा विजनेस प्रालिलाई वाणिज्य विभागको २ लाख जरिवाना, फेरि भेटिए दोब्बर तिराइने

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अल्फा बिजनेस प्रालिलाई २ लाख जरिवाना गरेको छ । टेकुमा मुख्य कार्यालय रहेको र सानेपा गोदाममा अनुगमनका क्रममा मुल्य नराखेर बिक्रि वितरण गरेको भेटिएपछि २ लाख जरिवाना गरिएको हो ।

‘उपभोक्ता संरक्षण ऐन, २०७५’ को दफा ३८ ‘ङ’को कसुर गरेकाले सोहि ऐनको दफा ३९ को उपदफा १ को’ कसुर गरेकाले सोही ऐनको दफा ३९ को उपदफा १ को खण्ड ‘ख’ को व्यवस्थाअनुसार २ लाख जरिवानाको कारवाही गरिएको विभागमा महानिर्देशक कुमार दाहालले नेपाल प्रेसलाई जानकारी दिए । अबको एक साताभित्र मुल्य तोकेर नराखेमा दोब्बर जरिवाना गरिने बताए ।

‘उपभोक्ता संरक्षण ऐन, २०७५’ दफा ३८ को खण्ड ‘ङ’मा बस्तु वा सेवाको वास्तविक गुणस्तर, परिणाम, मूल्य, नापतौल, ढाँचा वा बनावटा आदी ढाँटी, लुकाई, छिपाई वा झुक्याई त्यस्तो वस्तु वा सेवा बिक्री वा प्रदान गरेको, कुनै वस्तुको कृतिम अभाव सृजना, जम्माखोरी गर्ने वा बिक्री गर्ने, बिक्री गरेको वस्तु वा सेवाको बिल वा विजक जारी गर्ने वा बिल वा बिजक जारी नगर्ने वा बिल विजक जारी गर्दा थप रकम माग गरेको, उपभोग गरिसक्नु पर्ने अवधि व्यतिथ भइसकेको उपभोग्य वस्तु वा उपभोग गर्न नमिल्ने वस्तुमा नयाँ लेबल लगाई त्यस्तो बस्तु बिक्री वितरण गर्न पाइदैन ।

यदि यसरी बिक्री वितरण गरेको अवस्थामा २ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था ऐनकै दफा ३९ को उपदफा १ को खण्ड ‘ख’ मा रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *