कांग्रेस सुदूरपश्चिमका महामन्त्री सवार गाडी भारतमा दुर्घटनाग्रस्त

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाह मनु चढेको गाडी दुर्घटनामा परेको छ ।

महामन्त्री मनु र उनको परिवारसहित ६ जना चढेको गाडी आज बिहान भारतको खिरी जिल्लाको खुटारमा बससँग ठोकिँदा गम्भीर दुर्घटना भएकाे हाे ।

जसमध्ये ३ जनाको अवस्था गम्भीर छ भने ३ जनाको अवस्था सामान्य छ । दुर्घटनापछि खुटारस्थित सरकारी अस्पताल भर्ना गरिएका शाहलाई रेफर गरिएको बताइएको छ । उनीहरु धनगढीबाट दिल्ली जाँदै थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *