कीर्तिपुरमा शंखधर ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना, राधिकाबाट उद्घाटन

काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नं. १० तुझोमा ‘शंखधर ज्येष्ठ नागरिक सेवा केन्द्र’ निर्माण गरिएको छ । प्रधानमन्त्रीपत्नी राधिका शाक्यले मानव सेवाको दीप बालेर केन्द्रको उद्घाटन गरेकी हुन् । शाक्यले लामो समयदेखि आफूलाई मानव सेवामा समर्पित गरिरहेकी छन् ।

कार्यक्रममा गायिका एवं समाजिक अभियन्ता आनी छोइङ डोल्मा पनि उपस्थित थिइन् । त्यस्तै विभिन्न संस्थाका प्रतिनिधि, सामाजिक अगुवाहरू केशरत्न बज्राचार्य, हिमेश केसीलगायत पुगेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *