प्रधानमन्त्री ओलीको प्रश्न- मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरूले प्रमाणित गर्न सक्छन् ?

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेहरुलाई त्यस्ता कुराहरु प्रमाणित गर्न चुनौती दिएका छन् ।

मदन भण्डारी फाउन्डेशनको चौथो राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरुले लाजशरम पचाएर यस्ता आरोपहरु लगाउने गरेको बताए ।

प्रधानमन्त्री ओलीले भने,-एकथरी धतंगाएर बोल्छन् प्रधानमन्त्रीको बेडरुमसम्मै विचौलियाको पहुँच छ भनेर । दया लाग्छ कुरा सुनेर,के बोेलेको त्यो । प्रमाणित गर्न सक्छन् । त्यसलाई हतियार बनाएर,उद्दरण गरेर अर्काथरी प्रतिगामी उफ्रिएका छन् । उही बिष्णु वहादुर मानन्धरहरुको समूहले केशरजंग समूहलाई नावाकाद भन्थ्यो । नामका वामपन्थी,कामका दक्षिणपन्थी भनेर छोटरीमा नावाकाद भन्थे । नावाकाद अहिले पनि छन् ।

देशमा एमाले र नेपाली कांग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता हो भन्दै उनले स्थिरता, विकास र सुशासनले गति लिन थालेका बेला सरकार र नेतृत्वविरुद्ध झूटा आरोप लगाउन थालिएको बताए ।

‘झूटा कुराको सहायतामा यस्तो विरोध गरिएको छ कि मानौँ, सरकारले केही गरेको छैन । हामीले देश बर्बाद बनाइरहेका छौँ, हामीले कुनै अपराध गरिरहेका छौँ’, प्रधानमन्त्री ओलीले भने, ‘आजकल नीलो रंगका स्यालहरु निकै हाउभाउ गरिरहेका छन् । तिनीहरुको वास्तविक रुप लामो समय टिक्नेछैन । एमालेले आफूलाई आगामी निर्वाचनमार्फत निर्णायक राष्ट्रिय शक्तिमा विकसित हुने लक्ष्यमा छौँ । हामी हाम्रा सही विचार, इमान र सत्यको राजनीतिबाट स्थापित हुन्छौँ ।’

कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरुको टाउकामा अहिले चिसो पानी खन्याइएको महसुस भएको उनले टिप्पणी गरे ।

पार्टीभित्रको राजनीतिका हकमा धेरै आलोचनात्मक चेतमा जोड दिन नपर्ने उल्लेख गर्दै उनले विश्लेषणत्मक चेत राख्न सुझाव दिए ।

‘पार्टीभित्र एकताको चेत चाहिन्छ । विरोधीको आरोपको खण्डन गर्नुपर्छ । विरोधीसँग लड्न नसक्ने अनि पार्टीभित्र आलोचनात्मक चेत बोक्ने बाटो सही होइन’, उनले भने ।

Comments

3 responses to “प्रधानमन्त्री ओलीको प्रश्न- मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरूले प्रमाणित गर्न सक्छन् ?”

  1. khem aryal Avatar
    khem aryal

    गनगनेको बिचार सहिछ !

  2. Mania Thompson Avatar
    Mania Thompson

    यो ब्यभिचारी मान्छेको रुपमा जनावर हो त्यस्को नाम खड्गे हो।

  3. ksp pyl Avatar
    ksp pyl

    त्यसो भन्ने नै बिचौलियाको नाईके हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *