सांसद माया राईलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राईलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार अदालतले ३ दिनको म्याद दिएको हो ।

स्वर्णलक्ष्मी सहकारी ठगी तथा संगठित अपराध मुद्दामा मुछिएकी उनलाई गएराति प्रहरीले कपनस्थित निवासबाट पक्राउ गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *