निषेधित क्षेत्र तोड्न खोज्दा शिक्षक आन्दोलनमा झडप, प्रहरीमाथि ढुंगामुढा प्रहार (तस्बिरहरू)

काठमाडौं । निषेधित क्षेत्र तोड्न खोजेपछि शिक्षकहरूमाथि बल प्रयोग भएको छ ।

सधैँ झैँ माइतीघरबाट भेलिएर आएका शिक्षकहरू बानेश्वरबाट संसद भवनतर्फ अघि बढ्न खोजेका थिए । सो क्रममा प्रहरीले पछाडि हट्न अनुरोध गर्‍यो । आन्दोलनकारी शिक्षकहरू सडक पेटीका ढुंगा टिप्दै प्रहरीमाथि प्रहार गरेका छन् । प्रहरीले नियन्त्रण गर्न पानीको फोहरा हानेको छ ।

शिक्षा ऐनलाई बटमलाइन बनाएर शिक्षकहरूको आन्दोलनको आज २६औं दिन हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *