मातातीर्थमा देखिएको आमाको श्रद्धा र भक्ति (तस्बिरहरू/भिडिओ)

काठमाडौं । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ ।

आज काठमाडौंको मातातीर्थमा विहानैदेखि दर्शन गर्नेको भीड लागेको छ । आजको दिन दिवंगत आमाको सम्झनामा राजधानीको थानकोट मातातीर्थमा पुगेका छन् ।

आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्दछन् । आमा बित्नेले सके प्रत्येक वर्ष, नसके एकपटक माता तीर्थमा श्राद्ध गर्नु पर्ने मान्यता समेत छ ।

 

Comments

2 responses to “मातातीर्थमा देखिएको आमाको श्रद्धा र भक्ति (तस्बिरहरू/भिडिओ)”

  1. Mr. Lama Avatar
    Mr. Lama

    हिजो आमा हुँदा आमाको मतलब गरेनाै मरेपछि नाटक तेरीमा झ्याक्ने हाे । तर सबै उस्तै छैन हाेला । हुनेलाई चाहिँ हाे है ।

  2. Mr. Lama Avatar
    Mr. Lama

    हिजो आमा हुँदा आमाको मतलब गरेनाै मरेपछि नाटक तेरीमा झ्याक्ने हाे । तर सबै उस्तै छैन हाेला । हुनेलाई चाहिँ हाे है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *